साझा कथा । नयाँ बनेको ८ दलीय गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले आफूलाई मत माग्दै सबै सांसदलाई पत्र पठाएका छन् । आफ्नो पक्षमा मत माग्दै उनले संविधानका हरेक पालना गर्ने उल्लेख गरेका छन् ।
परिवर्तनलाई जगेर्ना गर्न आफ्नो भूमिका हुने उनले दाबी गरेका छन् । नेता पौडेलले प्रतिनिधि सभा, राष्ट्रिय सभा र र प्रदेश सभा सदस्यलाई व्यक्तिगत रूपमा पत्र पठाएका हुन् ।
पौडेलका स्वकीय सचिव चिरनजीवी अधिकारीले राष्ट्रपति निर्वाचनमा मतदाता रहेका ८८२ जना सांसदलाई नै मत मागेर पत्र पठाइएको जानकारी दिए । २५ फागुनमा हुने निर्धारण भएको राष्ट्रपति निर्वाचनमा पौडेलसँगै एमाले नेता सुवासचन्द्र नेम्वाङ पनि उम्मेदवार छन् ।
तपाईलाई केहि भन्नु छ ?