चन्द्र भण्डारीमा इन्फेक्सन देखियो

साझा कथा । मुम्बईस्थित बर्न सेन्टरमा उपचाररत कांग्रेस नेता चन्द्र भण्डारीमा हल्का इन्फेक्सन देखिएको छ ।

ग्यास सिलिन्डर विस्फोट भइ घाइते भएपछि १५ दिन अघि नेता भण्डारीलाई मुम्बई लगिएको थियो । भण्डारीको उपचारका लागि मुम्बई पुगेका योगराज कडेलले हल्का इन्फेक्सन (संक्रमण) भएको बताएका हुन् । इन्फेक्सन देखिएपछि अहिले एन्टीवायोटिक्स चलाइएको चिकित्सकलाई उदृत गर्दैै उनले बताए ।

यद्यपि ज्वरो भने नआएको र अरु पारामिटर सवै सामान्य रहेको उनले बताए । कँडेलका अनुसार आज ड्रेसिङको काम हुनेछ । भण्डारीको उपचार आईवीसीयू (आईसीयू) को प्रोटोकल अनुसार भइरहेको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?