विश्वकपमा छनोट पछि नेपाली यू–१९ टोली स्वदेश फर्कियो

साझा कथा । विश्वकपमा छनोट भएको नेपाली यु १९ राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ ।

युएईमा भएको विश्वकप छनोट खेलेर सन् २०२४ मा श्रीलंकामा हुने विश्वकप खेल्ने सुनिश्चित गरी टोली स्वदेश फर्किएको हो ।आइसिसी यु–१९ विश्वकप एशिया छनोटको बिहीवार सम्पन्न खेलमा यूएईमाथि सात रनको रोमाञ्चक जित निकाल्दै नेपाल विश्वकपका लागि छनोट भएको थियो । यस जितसँगै नेपालले सन् २०२४ मा श्रीलंकामा हुने विश्वकप खेल्ने पक्का भएको थियो । नेपाल आएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रशिक्षक जगत टमाटाले नेपालको फिल्डङ र बलिङका कारण विश्वकपमा छनोट भएको बताए । उनले सबै खेलाडीहरुले मिहेनत गरेर खेल्दा जित हात पारेको र फाइनल खेलमा यूएईसँगका अन्तिम तीन विकेट जादुमय भएको बताए । उनले विश्वकप २०२४ मा हुने भएकाले अब विश्वकपका लागि धेरै समय बाँकी रहेकाले राम्रो नतिजा निकाल्ने गरी खेल्ने समेत बताए ।

त्यस्तै यु १९ टोलीका कप्तान देव खनालले सबै खेलाडीको मिहेनतले विश्वकपमा छनोट भएको बताए । उनले टुर्नामेण्टमा जाँदा धेरै चुनौति भएपनि अब आउने दिनमा आफूलाई झनै प्रमाणित गरेर जाने चुनौति रहेको बताउदै विश्वकपमा छनोट हुनु आफ्ना लागि एउटा सपना जस्तै भएको समेत बताए ।

नेपाल सन् २०१६ पछि पहिलोपटक विश्वकपका लागि छनोट भएको हो । यसअघि नेपालले सन् २०००, २००२, २००४, २००६, २००८, २०१२ र २०१६ को यु–१९ विश्वकप खेलेको थियो ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?