ओखलढुङ्गा बोलेरो दुर्घटना- २ को मृत्यु, ११ घाइते

साझा कथा । ओखलढुङ्गामा सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

चिशङ्खुगढी गाउँपालिकाबाट ओखलढुङ्गाको सदरमुकाम जाँदै गरेको बोलेरो जीप वडा नं. ३ दियालेको राहुटार नजिकै दुर्घटना भएको हो । दुर्घटनामा चिशंखुगढीका ५२ वर्षीय मीनबहादुर श्रेष्ठ र ७० वर्षीय भक्तबहादुर थापाको ज्यान गएको हो ।

उक्त बोलेरो जिपमा चालकसहित १३ जना यात्रु थिए । दुर्घटनामा नौ जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा पुर्न भएका तीर्थलक्ष्मी थापा, शर्मिला श्रेष्ठ, खेम अधिकारी, तुलसादेवी कटेल, आयुषा श्रेष्ठ, केन्द्र कार्की, लडिसा श्रेष्ठ, तिलककुमारी श्रेष्ठ र चालक सुमन कार्कीको अवस्था गम्भीर छ ।

घाइतेहरुको उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको चिशंखुगढी गाउँपालिका अध्यक्ष निशान्त शर्माले जानकारी दिए ।

जिपमा सवार दुई जना नाबालकको अवस्था सामान्य रहेको बताइएको छ । दुर्घटनाको कारण साथै विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी निरीक्षक देवेन्द्र दासले बताए ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?