साझा कथा । सदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् । ५३ सदस्यीय प्रदेश सभामा विश्वासको मत सम्बन्धि प्रस्तावको पक्षमा ४१ र विपक्षमा ११ मत परेको हो । याे मत ५३ सदस्यीय प्रदेशसभाकाे दुई तिहाइ भन्दा बढी हाे ।
शाह माघ २६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । शाहलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र नेकपा (एकीकृत समाजवादी) का सांसदले विश्वासको मत दिएका छन् ।
मुख्यमन्त्री शाहलाई नेकपा (एमाले) र राप्रपाले विश्वासको मत दिएनन् । २७ पुसमा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका राजेन्द्रसिंह रावलले प्रदेश सभाबाट विश्वासको मत पाउन नसकेपछि शाह २६ माघमा मुख्यमन्त्री नियुक्त भएका थिए ।
तपाईलाई केहि भन्नु छ ?