साझा कथा । युएईमा जारी आईसीसी विश्वकप लिग टु अन्तर्गत सिरिजको अन्तिम खेल आज सोमबार नेपालले घरेलु टोली युएईको सामना गर्दै छ । यस सिरिजको अन्तिम खेलमा नेपालले युएईको सामना गर्न लागेको हो । यो खेलसँगै नेपालको यूएई भ्रमण टुंगिनेछ।
नेपाल र दुएईबीचको खेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ । पहिलो खेलमा नेपाल युएईसँग पराजित भएको थियो । नेपाल ३१ खेलमा १४ मा जित र १५ मा हारसहित ३० अंकका साथ तालिकाको छैटौं स्थानमा रहेको छ । लिग टुमा यूएईविरुद्ध नेपालले जित हात पार्न सकेको छैन । त्यसैले लिग टुमा आज यूएईलाई पहिलोपटक पराजित गर्नु नेपालको लक्ष्य हुनेछ।
युएई ३१ खेलमा १४ मा जित र १४ मा हारसहित ३१ अंकका साथ पाँचौं स्थानमा छ ।