साझा कथा । राजधानीमा होली पर्व हर्षोल्लासका साथ मनाइएको छ । राजधानीका बसन्तपुर, ठमेल, भृकुटिमण्डप, बानेश्वर पाटन दरबार स्क्वायर, भक्तपुर सल्लाघारी लगायतका ठाउँमा भव्य ढंगले होली मनाइएको छ ।
होलीलाई रंगको पर्व मान्ने गरिएकोमा विभिन्न प्रकारका रंग, अबिरसँगै होली खेलिएको छ । होलीमा अवाञ्छित क्रियाकलाप हुन नदिनका लागि प्रहरीले विशेष निगरानी गरेको थियो । ठाउँ ठाउँमा सवारी साधन चेकजाँच गरी प्रहरीले सुरक्षा प्रबन्ध मिलाएको थियो । राजधानीमा न्यून संख्यामा सवारी साधन चलेका थिए । युवायुवतिहरु समूह बनाएर ठाउँठाउँमा होली मनाइरहेका छन् ।
नेपाली युवायुवति मात्र नभई विदेशी पाहुनाहरु समेत होलीको उमंगमा सरिक भएका छन् ।
हेर्नुहोस् तस्बिरमा होली..
तपाईलाई केहि भन्नु छ ?