साझा कथा । आज पनि होली मनाइँदैछ । फागु पूर्णिमा अर्थात् होली आज तराई तथा मधेसका जिल्लाहरूमा हर्षोल्लासका साथ मनाइँदैछ । आज राजधानीमा बस्दै आएका तराई मुलका नागरिकले समेत होली मनाउँदै छन् ।
पहाडी जिल्लामा सोमवार (हिजो) नै फागु पूर्णिमा अर्थात् होली मनाइए पनि तराई मधेसका जिल्लाहरूमा भने आज मनाउन लागिएको हो । होलीका अवसरमा केन्द्र सरकारले आज एक दिन तराई मधेसका जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ ।
भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूर्णिमा मनाउने चलन छ । स्थानअनुसार मनाइने फागु पुणिर्माको नाम पनि फरक फरक छ । हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ भनिन्छ । मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भनिन्छ । तराईमा होलीको विशेष महत्व छ ।
यता, काठमाडौं उपत्यकासहित देशका पहाडी तथा हिमाली भेगमा सोमवार हर्षोल्लाससहित फागु पूर्णिमा अर्थात होली मनाईएको छ ।