जेल बसाइँले सन्दीपको “स्टामिना” बढाएको हो ?

साझा कथा । बलिङमा धमाकेदार प्रदर्शन दिने नेपाली क्रिकेटर सन्दीप लामिछानेले अहिले व्याटिङमा पनि चमत्कारिक सुधार गरेका छन् । जबर्जस्ती करणी मुद्दाका कारण साढे ३ महिना थुनामा रहेका लामिछाने जेलमुक्त भएपछि व्याटिङमा समेत धमाकेदार प्रदर्शन गर्न थालेका छन् । जेल बसाइँले उनको “स्टामिना” बढाएको हो त ? थुनामा जानुअघि डिप्रेशनमा रहेका भनिएका सन्दीप अझ फ्रेस र तन्दुरुस्त भएर निस्किएका हुन् ? तथ्यहरुले त्यस्तै देखाउँछ ।

हालैमात्र आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत दुईवटा सिरिज सम्पन्न भए । एउटा सिरिज नेपालमै भयो भने अर्को यूएईमा । घरेलु मैदानमा नामिबिया र स्कटल्यान्डविरुद्ध सिरिज खेल्दा सबै ४ खेल जितेको नेपालले यूएईमा यूएई र पपुवा न्युगिनीसँग खेल्यो । अर्को सिरिज फेरि नेपालमै हुनेछ । अन्तिम सिरिज यूएई र पपुवा न्युगिनीसँग घरेलु मैदानमै नेपालले यहि मार्चमा खेल्नेछ । नेपाली क्रिकेटर लामिछानेले यी दुबै सिरिजमा उत्कृष्ट प्रदर्शन गरेका छन् ।

सन् २०१४ मा नेपाली राष्ट्रिय टिमका तत्कालीन प्रशिक्षक पुबुदु दासानायकेले चितवनको क्याम्पाचौरबाट सिधै राष्ट्रिय टिममा ल्याएदेखि नै सन्दीपले आफूलाई अब्बल खेलाडीको रुपमा प्रमाणित गरिरहेका छन् ।

२०७८ भदौमा ओमानमा भएको एकदिवसीय खेलमा सन्दीपले पपुवा न्यु गिनीविरुद्ध ६ विकेट लिएका थिए जुन उनको करियरकै ठूलो बलिङ सफलता थियो । बलात्कार मुद्दामा दोषी ठहर हुँदै साढे ३ महिना जेल बस्नुअघि उनको बलिङ उत्कृष्ट रहने गरेको सबैलाई थाहै छ । तर जेलबाट मुक्त भएपछि सन्दीपको व्याटिङ स्तर पनि उकासिएको छ । फागुन २ गतेदेखि सुरु भएको त्रिदेशीय सिरिजहरुमा सन्दीपले उत्कृष्ट बलिङ मात्रै गरेनन्, व्याटिङमा पनि चमत्कार गरे ।

व्यक्तिगत रुपमा जेल बसाइँ उनको लागि ठूलो सिकाइको समय बनेको हुनुपर्छ । पेशागत हिसाबले पनि आफ्नो प्रदर्शन उच्च बनाउने ठूलो पाठशाला बनेको देखिन्छ जेल ।

फागुन ५ गते स्कटल्याण्ड विरुद्धको खेलमा उनले ३ विकेट लिए । एउटा खेलमा ३ विकेट लिने सन्दीपको ब्राण्ड नै बनेको छ । फागुन ९ गते भएको स्कटल्याण्ड विरुद्धको खेलमा भने सन्दीप ४ विकेट लिन सफल भए । फागुन १९ गते भएको खेलमा पपुवा न्यु गिनीलाई नेपालले ३ विकेटले हराउँदा सन्दीपले ३५ रन ल्याएका थिए । उनको यो स्कोर अहिलेसम्मकै ठूलो रनस्कोर हो ।

त्यसपछिको यूएईसँगको खेलमा सन्दीपले २६ रन ल्याए र सोही खेलमा ३ विकेट लिए । यूएईमा भएको त्रिदेशीय सिरिजको अन्तिम खेलमा नेपालले यूएईमाथि रोमाञ्चक जित हात पार्दा सन्दिपले २७ रन ल्याए ।

यी तीन खेलमा सन्दीपले रनतर्फ पाएको ऐतिहासिक सफलता हो । व्यक्तिगत रुपमा जेल बसाइँ उनको लागि ठूलो सिकाइको समय बनेको हुनुपर्छ । पेशागत हिसाबले पनि आफ्नो प्रदर्शन उच्च बनाउने ठूलो पाठशाला बनेको देखिन्छ जेल । एक क्रिकेट खेलाडीमा जुनसुकै अवस्थामा पनि बल र ब्याटप्रतिको मोह हुने त भइहाल्यो । थुनामा रहेका बेला सन्दीपमा पनि बल र ब्याटप्रतिको मोहमा कुनै कमी आएको थिएन । उनी जेलभित्रै पनि क्रिकेट खेल्ने गर्थे । सुन्धारास्थित भद्र बन्दीगृहभित्र रहेको खेलमैदानमा कैदीबन्दीसँग उनी क्रिकेट खेल्ने गरेका सन्दीपले थुनामुक्त भएपछि चमत्कार देखाइरहेका छन् ।

सन्दीप लामिछाने २०७९ भदौमा काठमाडौंको पिंगलास्थानस्थित एक होटेलमा एक किशोरीसँग बसेका थिए  । २० भदौमा तिनै किशोरीले सन्दीप विरुद्ध जबर्जस्ती करणी जाहेरी दिएकी थिइन् । मुद्दा परेपछि २० असोजमा विदेशबाट फर्कदा उनी पक्राउ परेका थिए । उच्च अदालतको आदेशपछि पुस २९ गते धरौटीमा रिहा भएका सन्दीपलाई क्रिकेट एशोसिएसन अफ नेपाल (क्यान) ले माघ १९ गतेबाट राष्ट्रिय टिममा समावेश गरेको थियो । पक्राउ पर्नुअघि नेपाली क्रिकेटको कप्तान रहेका उनको कप्तानी भने खोसिएकै छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?