धौकै धोकाको शृङ्खला (भिडियो)

Featured Video Play Icon

साझा कथा विशेष

धोकाः धोकेवाज प्रचण्ड, धोकाः धोकेवाजः शेरबहादुर देउवा, धोकाः धोकेवाज केपी ओली । सबै धोकेवाजहरु । नेपाली राजनीतिमा धोका नदिने र धोका नखाने नेता कोनै होलान् र ? हामी धोकैधोकाको शृङ्खला धोकाधडीको कुरा गर्दैछौं । कुरा २०६४ सालपछिको हो ।

०६४ सालमा भएको पहिलो संविधानसभापछि गणतन्त्र घोषणामा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई प्रचण्डले राष्ट्रपतिको प्रलोभन दिए । तर पछि प्रचण्डबाट धोका भयो । त्यो धोकाप्रति प्रचण्ड आफैँ पश्चाताप गर्छन् । ०६६ सालमा प्रचण्ड नेतृत्वको सरकारले तत्कालीन प्रधानसेनापति रुक्माङ्गत कटवाललाई कारबाहि गर्न लाग्दा एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनालले सहमति दिए तर पछि चीनबाट फर्किएपछि सरकार छोड्ने निर्णय गरे । झलनाथबाट धोका भयो । पहिलो संविधानसभामा २ ठाउँबाट पराजित माधवकुमार नेपाललाई संविधानसभामा ल्याउन प्रचण्डले ठूलै मेहनत गरे तर पछि माधवबाटै प्रचण्डलाई धोका भयो । प्रतिफलमा माधव नेपाल नै प्रधानमन्त्री बने ।

यो धोकाधडीको राजनीति यत्तिमै रोकिएन । संविधान जारी भएपछि प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच ९–९ महिना सरकार चलाउने सहमतिमा सरकार गठन भयो तर ओलीबाट प्रचण्डलाई धोका भयो । फलस्वरुप प्रचण्डले अविश्वासको प्रस्ताव ल्याएर ओली सरकार ढलाइदिए र शेरबहादुर देउवासँग ९–९ महिने सरकारको साझेदारी गरे । ०७४ को स्थानीय चुनावका लागि काँग्रेससँग गठबन्धन गरेर माओवादी अध्यक्ष प्रचण्डले भरतपुरमा छोरी रेणु दाहाललाई जिताउन सफल भए तर प्रदेश र संघको चुनावमा काँग्रेसलाई धोका दिएर रातारात प्रचण्ड एमालेको क्याम्पमा गए । चुनावमा झण्डै दुई तिहाई संख्या प्राप्त गरेपछि केपी ओली प्रधानमन्त्री भए प्रचण्डसँग आधा–आधा कार्यकाल बाँड्ने सहमतिमा । तर पाएको सत्ता कसले छोडोस्, केपी ओलीले प्रचण्डलाई धोका दिए । त्यसले भीमकाय नेकपा मात्रै फुटाएन, तत्कालीन एमाले समेत फुटायो ।

०७९ को चुनावअघि एमाले र राप्रपालाई एकातिर राखेर बाँकी दलले गठबन्धन गरे । चुनावपछि पहिलो सरकार माओवादीलाई र राष्ट्रपति काँग्रेसले राख्ने पूर्व सहमति विपरित देउवाले दुबै पद राख्न खोजे र प्रचण्डलाई धोका दिए । यो धोकाले विरक्तिएका प्रचण्ड बालकोट पुगे र प्रधानमन्त्री पाए । केपी ओलीसँग साढे २ बर्षको कार्यकाल बाँडेका प्रचण्डले २ महिनामै ओलीलाई पनि धोका दिए र फेरि काँग्रृेससँग गठबन्धन गरे ।

जनआन्दोलनपछि बनेका १४ ओटै सरकार गठनमा धोकाधडीका अंश छन् । यो शृङ्खला यतिमै के रोकिएला र ? अझै कतिं सरकार गठन हुने हुन् धोकाधडीमै !

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?