नारीहरुलाई सूर्यज्योतिको भिडियो सम्मान

साझा कथा । ११३ औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले “हामी जताजतै” भिडियो सन्देश जारी गरेको छ । यस भिडियो मार्फत कम्पनीले सम्पूर्ण नारीहरुमा शुभकामना व्यक्त गर्दै सम्मान प्रकट गरेको छ ।

भिडियोमार्फत हरेक क्षेत्रका लागि महिला सवल र सक्षम छन् भन्ने सन्देश प्रस्तुत गरिएको छ । सुरक्षा निकाय, सडक तथा घरमा महिला सक्षम छन् भन्ने सन्देश बोकेको भिडियोले पछिल्लो समय नेपाली महिलाले हरेक क्षेत्रमा आफूलाई अग्रसर बनाउँदै गएको नमुना पेश गरेको छ ।

पछिल्लो समय नेपाली महिलाहरुले कार्यालय, शिक्षा, स्वास्थ्य, उद्योग, मैदान, कला, साधना लगायत गाउँ समाजमा आफूलाई बलियो रुपमा प्रस्तुत गर्दै आइरहेका छन् । यसै सन्दर्भलाई समेट्दै महिला माझ थप हौसला प्रदान गर्न ‘हामी जताततै’ भिडियो सार्वजनिक गरेको कम्पनीले जनाएको छ ।

सो भिडियो अल थ्रि मिडिया घरले उत्पादन गरेको हो ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?