साझा कथा । आज राष्ट्रपतिको लागि निर्वाचनका लागि मतदान प्रक्रिया चलिरहेको छ । राष्ट्रपति निर्वाचनका लागि नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङबीच प्रतिस्पर्धा हुँदैछ ।
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन, २०७९ निर्वाचन अधिकृतको कार्यालयका निर्वाचन अधिकृत महेश शर्मा पौडेलका अनुसार मतदान बिहान १० बजेदेखि ३ बजेसम्म हुने जनाइएको छ ।
निर्वाचनमा प्रदेश सभातर्फ ५५० जना र संघीय संसदतर्फ ३३२ जनाको मतदाता नामावली रहेको छ । मतदान सकेलगत्तै अपरान्ह ४ बजेदेखि मतगणनाको कार्य शुरु गरेर साँझ ७ बजेसम्ममा परिणाम पनि सार्वजनिक गर्ने लक्ष्य लिएको निर्वाचन आयोगको भनाइ छ । हाल बहालवाला राष्ट्रपति विद्यादेवी भन्डारीको कार्यकाल २८ गते आइतबार सकिदैछ ।
तपाईलाई केहि भन्नु छ ?