दुर्गा प्रसाईंद्वारा आन्दोलनका थप कार्यक्रम घोषणा, चैत्र २४ देखि नेपाल बन्द

साझा कथा । व्यवसायी दुर्गा प्रसाईंले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका छन् । बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले आन्दोलनका थप कार्यक्रम घोषणा गरेका हुन् ।

आन्दोलनका क्रममा हरेक शनिबार दिनको १ बजे मध्यम वर्गका व्यवसायी, यातायात व्यवसायी, घरधनी, सुकुम्वासीहरु, सर्वहारा वर्गहरु, फुटपाथमा व्यापार गर्नेहरु जम्मा गरी माईतीघर मण्डलाबाट जुलुस ल्याई बानेश्वर चोकमा कोणसभा गर्ने प्रसाईले जनाएका छन् ।

यस्तै चैत्र १ देखि १९ गतेसम्म हेटौंडा, पोखरा, जनकपुर र वीरगञ्ज, दार्चुला, बैतडी, महेन्द्रनगर इटहरी, विराटनगर, धरान, दमकसम्म सामन्तीबिरुद्धको आमसभा र कोणसभा गर्ने, २४ गतेदेखि अनिश्चितकालीन नेपाल बन्द गर्ने, व्यापारीहरुले पसल बन्द गर्ने, राँके जुलुस गर्ने, कर तिर्ने, मालपोतमा जग्गा पास नगर्ने लगायतका कार्यक्रम सार्वजनिक गरिएको छ ।

पत्रकार सम्मेलनमा प्रसाईँले सेतो हात्ती बनेको संघीयता खारेज गरी सबै धर्मलाई सम्मान गर्दै वैदिक सत्य सनातन राष्ट्र कायम गर्नुपर्ने माग गरे । गणतन्त्रको बाटो हिँड्दा मुलुकले गति नपक्डिएको भन्दै उनले २०४७ सालको संविधान लागू गर्नुपर्ने, संविधानलाई संशोधन गरी सबै पक्षलाई मान्य हुनेगरी अघि बढ्नुपर्ने माग गरे ।

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?