साझा कथा । विश्वलाई चकित पार्ने गरी दुबईले भौतिक संरचना निर्माणमा आफूलाई अब्बल साबित गर्दै लगेको छ । संयुक्त अरब इमिरेट्सका सात इमिरेट्समध्येको एक दुबईले आफ्नै कीर्तिमान तोड्दै एउटा मेटासिटी बनाउँदै छ । जसमा बुर्ज खलिफाभन्दा अग्लो भवन बन्दै छ, जसको उचाई १३४५ मिटर हुनेछ । अहिले विश्वको अग्लो टावरको रुपमा रहेको बुर्ज खलिफा पनि दुबईमै पर्छ । बुर्ज खलिफाको लम्बाइ ८२१ मिटर छ ।
बुर्ज खलिफाभन्दा अग्लो टावरको नाम क्रिक टावर राखिएको छ । सन् २०२५ सम्ममा तयार गर्ने योजनाका साथ धमाधम काम भइरहेको छ । विश्वको सबैभन्दा अग्लो टावर बन्ने मेगा सिटीमा ६० लाख मानिस बस्न सक्नेछन् ।
यो टावर निर्माणमा १ अर्ब डलर खर्च हुने अनुमान गरिएको छ । दुबई क्रिक टावरमा लक्जरी होटल, रेस्टुरेन्ट र अपार्टमेन्ट पनि बनाइनेछ । कोरोना महामारीका कारण सन् २०२० मा यस भवनको काम रोकिएको थियो ।
संसारको सबैभन्दा ठूलो एक्वेरियम र संसारको सबैभन्दा ठूलो थिम पार्क पहिले नै दुबईमा छ । दुबई विश्वका धनीहरुको सूचीमा तीव्रगतिमा उक्लिरहेको छ । दुबईमा हाल १३ अर्बपति र करिब ६८ हजार करोडपति छन् ।