साझा कथा । राष्ट्रपति निर्वाचन सकिएलगत्तै निर्वाचन आयोगले उपराष्ट्रपति पदका लागि निर्वाचन प्रक्रिया सुरु गरेको छ । नेपालको उपराष्ट्रपति पदका लागि शनिबार मनोनयन दर्ता हुँदै छ । फरक लिङ्ग वा समुदायबाट राष्ट्रपति र उपराष्ट्रपति हुनुपर्ने संवैधानिक व्यवस्था अस्पष्ट हुँदा उपराष्ट्रपति पदमा महिला वा पुरुष कुन लिङ्ग वा समुदायबाट उम्मेदवारी दिनुपर्ने अन्योल छ ।
जसअनुसार निर्वाचन आयोगले जारी गरेको कार्यतालिका अनुसार आज उपराष्ट्रपति पदका लागि उम्मेदवार मनोनयनको समय छुट्याएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले भने उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी अन्य योग्यताअनुसार उम्मेदवारी दर्ता गर्न आउने राष्ट्रपतिको भन्दा फरक समुदाय वा लिङ्गका व्यक्तिको उम्मेदवारी दर्ता गर्ने तयारी गरेको छ । आयोग स्रोतका अनुसार निर्वाचन अधिकृतको कार्यालयले दर्ता भएको उम्मेदवारबारे उजुरी परेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दा त्यसबारे निर्णय गर्नेछ ।
आज बिहान ९ बजे देखी २ बजेसम्मका लागि उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता गर्नका लागि समय तालिका छुटयाएको हो । आयोगका अनुसार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा अवस्थित निर्वाचन कार्यालयमा गएर उम्मेदवार मनोनयन गर्नुपर्नेछ ।
यसैगरी आज उपराष्ट्रपति पदमा मनोनयन पत्र दर्ता भएको सुचना जारी गर्ने देखी उम्मेदवारको नाम सार्वजनिक गर्ने दावी बिरोध गर्नेसम्मको कार्यतालिका निर्वाचन आयोगले यसअघि नै सार्वजनिक गरिसकेको छ ।