आज मेघ गर्जनसहित वर्षा हुने

साझा कथा । आज देशको विभिन्न ठाउँमा मौम बदली रही मेघ गर्जनसहित वर्षा हुने सम्भावना रहेको छ । हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको देखिन्छ । उक्त मौसमी प्रणालीको प्रभावले मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

महाशाखाका अनुसार आज दिउँसो कोसी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भेगमा आंशिक बदली रहनेछ । कोसी र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

साथै सोही प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । रातिमा देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागका मौसम सामान्यतया सफा रहनेछ । आज काठमाडौँको न्यूनतम तापक्रम ८ दशमलव ८ र अधिकतम तापक्रम २६ डिग्री सेल्सियस रहेको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?