के होला नेपालको विश्वकप सपना ? आज यूएईलाई २४९ रनको लक्ष्य

साझा कथा । खराब सुरुवातका बीच नेपालले विश्वकप लिग २ अन्तर्गत आज भएको खेलमा यूएईलाई २४९ रनको लक्ष्य दिएको छ । नेपालले ४९ ओभर २ बलमा सबै विकेटको गुमाएर २४८ रन बनायो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ११२ बल खेलेर ७७ रन बनाए । आरिफ शेखले ५२ बल खेलेर ४३ रन बनाए । गुल्सन झाले ३२ बले खेलेर ३७ रन बनाए ।

यूएईविरुद्ध कठिन अवस्थामा रहेको नेपाललाई कप्तान रोहित पौडेलले सम्हालेर खेलेका थिए । २२ रनमै तीन विकेट गुमाएको अवस्थाबाट उनले नेपाललाई उद्धार गरे । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपाल शीर्ष क्रममा ब्याटरलाई सस्तैमा गुमाएपछि संकटमा परेको थियो ।

ओपनरहरू आसिफ शेख र कुशल भुर्तेललाई १२ रनको अवस्थामै पेभिलियन फर्किएपछि कप्तान पौडेल क्रिजमा आएका थिए । लगत्तै तेस्रो नम्बरका कुशल मल्ल पनि आउट भएपछि नेपाल दबाबमा परेको थियो ।

आजको खेलमा यूएईलाई पराजित गरे नेपालले एक दिवसीय मान्यता सुनिश्चित गर्नेछ भने विश्वकप छनोट खेल्न बाँकी सबै खेल जित्नु पर्नेछ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?