म मन्त्री बन्दिनँ, बन्न मिल्दैनः गगन थापा

साझा कथा । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धनको सरकारमा आफू सहभागी नहुने बताएका छन् । आईतवार आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले अहिलेको सरकारमा आफ्नो सहभागिता नहुने स्पष्ट पारेका हुन् ।

आफू वर्तमान सरकारमा मन्त्री नबन्ने र बन्न पनि नमिल्ने भन्दै भन्दै थापाले आफ्नो पार्टी सरकारमा जाँदा सरकारलाई सफल बनाउन लाग्ने जिकिर गरे । आफू सरकार कति दिन टिक्यो भन्ने आधारमा सरकारको सफलताको मापन नगर्ने भन्दै सरकारबाट कति परिणाम निस्कियो भन्ने आधारमा सरकारको काम हेर्ने थापाको कथन थियो । सरकारले परिणाम दिन सकेन भने ५ वर्ष खेर जाने थापाले बताए ।

महामन्त्री थापाले राजनीतिक दलहरु खुशी हुँदैमा जनता खुशी हुन्छन् भन्ने भ्रम नपाल्न पनि आग्रह गरे । सरकार बन्नेकुरा प्राथमिकतामा नराखी सरकारले जनतासमक्ष परिणाम दिन सक्नुपर्ने भन्दै उनले नेपालमा पूर्वप्रधानमन्त्रीहरुको क्लवबाट नै आलोपालो प्रधानमन्त्री अभ्यास रहेपनि सरकारले नागरिकलाई सेवासुविधाहरु दिन सक्नुपर्ने उल्लेख गरे ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?