साझा कथा । २ सय कोरियाली बौद्ध भिक्षु र तीर्थयात्रीहरू दक्षिण कोरियाबाट बुद्धस्थलहरूको पैदलयात्रामा निस्केर लुम्बिनी आइपुगेका छन् । उक्त समूहलाई लुम्बिनी विकास कोषले बुद्धस्थल लुम्बिनीमा एक समारोहका बीच मंगलबार स्वागत गरेको छ । कोरियाका अग्रज भिक्षु छासुङ्गसहितका धर्मगुरु र तीर्थयात्री लुम्बिनी आएका हुन् ।
कोरियाली बौद्ध भिक्षु भिक्षुणी र तीर्थयात्रीहरूलाई रुपन्देही निर्वाचन क्षेत्र न ५ का प्रतिनिधिसभा सदस्य वासुदेव घिमिरे, लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी (भिक्षु मैत्तय), लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धिन मुसलमान लगायतले पैदलयात्रीहरूलाई बुद्धजन्मस्थलमा खादा ओढाएर स्वागत गरेका थिए ।
कोरियाली बौद्ध तीर्थयात्रीहरूको टोलीले मायादेवी मन्दिरमा विश्वशान्तिको कामना गर्दै प्राथना गरेका थिए । पूजा तथा प्राथनामा नेपालका लागि कोरियाली राजदूत पार्क चोङ सुकको समेत उपस्थिति रहेको थियो ।