शेयर बजार निरन्तर ओरालो, दीर्घकालीन लगानीको लागि उचित समय

साझा कथा । यो साता शेयर बजार निरन्तर ओरालो लागेको छ । आइतबार ५० अंकको वृद्धि भएको बजारमा लगातार ३ दिन गिरावट आएको छ । साताको चौथो कारोबार दिन बुधवार बजार १४ दशमलव ४४ अंकले घटेको छ । यो सँगै नेप्से परिसूचक १ हजार ९३८ दशमलव ६२ विन्दुमा झरेको छ ।

बुधवार कारोबारमा आएका २५३ धितोपत्रको ३७ लाख १६ हजार ६८४ कित्ता शेयर २५ हजार ४९१ पटकमा १ अर्ब २० करोड बरारबरको शेयर खरीदविक्री भएको छ । बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाउने निर्णय गरेपनि शेयर बजारमा सकारात्मक प्रभाव पर्न सकेन । घटेको बजारमा कारोबार रकम समेत घटेको छ । यसबाट के बुझन सकिन्छ भने विक्रेताले सस्तो मूल्यमा बेच्न नचाहेको र खरीदकर्ताले पनि खरीद गर्न नचाहेको देखिन्छ ।

यद्यपि बजार धेरै नै घटेकाले अव बजार विस्तारै लयमा फर्कने विश्लेषकहरु बताउँछन् । यस्तो अवस्थामा ट्रेड गर्न भन्दा पनि दीर्घकालीन लगानीको लागि उचित समय भएको बजार विश्लेषकहरुको भनाइ छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?