नेपालले पायो ३११ रनको विशाल लक्ष्य, नेपाली बलर महँगा सावित

साझा कथा । आईसीसी विश्वकप लिग २ को अन्तिम सिरिजको अन्तिम खेलमा नेपालले विशाल लक्ष्य पाएको छ । टस जितेर सुरुमा व्याटिङ गरेको यूएईले ५० ओभरमा ६ विकेटको क्षतिमा ३१० रन जोड्न सफल भयो ।

यूएईका लागि आसिफ खानले सर्वाधिक १०१ रन बनाए । योसँगै आसिफ ओडिआईमा सर्वाधिक कम बलमा शतक बनाउने एसोसिएट बलर बने । यस्तै वृत्य अरविन्दले ९४ रन जोड्दा कप्तान मोहम्मद वसिमले ४९ बलमा ६ छक्का र दुई चौकासहित ६३ रन बनाएर नेपालसामु विशाल लक्ष्य दिए । विश्वकप छनौटको लागि आजको खेल नेपालको लागि महत्वपूर्ण छ । अन्तिम सिरिजका ३ वटै खेल जितेको नेपालको लागि आजको खेल जित्नैपर्ने दबाब छ ।

आजको खेलमा नेपाली बलर महँगा सावित भए ।

टोलीका स्टार स्पिनर सन्दीप लामिछानेले १० ओभरमा एक विकेट लिएर ८० रन दिए । त्यस्तै, सोमपाल कामीले ९ ओभरमाा एक मेडनसहित ७१ रन दिएर एक विकेट मात्र लिन सके । गुलशन झाले ८ ओभरमा बिनाविकेट ६३ रन खर्चिए ।

दीपेन्द्र सिंह ऐरी र ललित राजवंशीले भने किफायती बलिङ गरे । ऐरीले ८ ओाभरमा २ मेडनसहित १९ रन दिएर महत्वूर्ण २ विकेट लिए । ललितले १० ओभरमा २७ रन मात्र खर्चिएर महत्वपूर्ण एक विकेट लिए । कुशल मल्लले भने ४ ओभरमा बिनाविकेट ३८ रन खर्चिए ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?