नेपालको ऐतिहासिक जित, यूएईलाई ९ रनले पराजित गर्दै विश्वकप यात्रा तय

साझा कथा । नेपालले आईसीसी विश्वकप लिग २ को अन्तिम सिरिज क्लीन स्वीप गरेको छ । यूएईलाई डकवर्थ लुईस नियम अनुसार ९ रनले पराजित गर्दै नेपालले विश्वकप क्वालिफायर यात्रा तय गरेको हो । नेपालमा भएको अन्तिम सिरिजका चारवटै खेल नेपालले आफ्नो पक्षमा पार्न सफल भयो । बिहीबारको खेल नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो र महत्वको थियो । आजको खेल जितेपछि नेपालले ३९ अंक रहेको नामिबियालाई उछिन्दै जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकपको छनोट खेल्न पाएको छ ।

टस जितेर सुरुवाती व्याटिङ गरेको यूएईले दिएको ३ सय ११ रनको लक्ष्यसहित नेपालले जवाफी ब्याटिङ गरिरहँदा पानी पर्न खोज्दा अध्याँरो भयो र खराब प्रकाशको कारण खेल रोकिँदा नतिजा डकवर्थ लुइस पद्धतिबाट लिइएको हो । खेल रोकिनुअघि नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर २ सय ६९ रन जोडेको थियो । डकवर्थ लुईस नियमका आधारमा नेपाल ९ रनले विजयी भएको हो । ४४ ओभर पुग्दा युएईको २६० रन थियो ।

नेपालका लागि भीम सार्कीले ६७, आरिफ शेखले ५२, कुशल भुर्तेल, गुलशन झाले ५०/५० र कप्तान रोहित पौडेलले १६ रन बनाए ।

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?