हिन्दी चलचित्र “भिटी १३” को छायांकन नेपालमा, उच्च स्तरको क्यामेरा प्रयोग

साझा कथा । नेपाली चलचित्रको छायांकन विदेशमा गर्ने ट्रेन्ड बढिरहेको बेला नेपालको प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाले विदेशी चलचित्र तथा वृत्तचित्रका निर्मातालाई आकर्षित गर्दै आएको छ । यसअघि केहि बलिउड र हलिउड चलचित्रको छायांकन नेपालमा भइसकेको छ ।

सूचना तथा सञ्चार मन्त्रालयको तथ्यांकअनुसार नेपालमा प्रत्येक वर्ष विदेशी चलचित्र सुटिङ गर्ने क्रम बढ्दै गएको छ । यसले अन–लोकेशन सुटिङका लागि नेपालको बढ्दो लोकप्रियतालाई झल्काउँछ । विदेशी चलचित्रकर्मीहरूले काठमाडौं, भक्तपुर र ललितपुरका सांस्कृतिक सम्पदा क्षेत्रका साथै सगरमाथा र चितवन, बागलुङ, पोखरा, लुक्ला, नाम्चे, नगरकोट र हिमाली उपत्यकाका स्थलहरूलाई प्राथमिकता दिएका छन् ।

हालै सोनी पिक्चर्स इन्टरनेशनल र रेनेसान्स पिक्चर्सद्वारा निर्मित हिन्दी चलचित्र भिटी १३ (वर्किङ टाइटल) को नेपालमा छायांकन गरिएको छ । शक्ति प्रताप सिंह हाडाले निर्देशन गरेको सत्य घटनामा आधारित चलचित्रमा वरुण तेज र मानुषी छिल्लर मुख्य भूमिकामा छन् । पहिलो पटक हिमाल र उपत्यकाको इमर्स शटहरू लिनको लागि शटओभर क्यामेरा प्रणाली प्रयोग गरिएको थियो । उच्चस्तरको क्यामेरा र प्रविधिले चलचित्रको छायांकन गरिएको छ ।

शटओभर भारतको हैदरावादका प्रशिक्षित र अनुभवी सिनेम्याटोग्राफर शैकत चक्रवर्तीले सञ्चालन गरेका थिए । शैकतसँग भारत र विदेशमा धेरै प्रतिकूल वातावरणमा क्यामेरासँग खेल्ने अनुभव छ ।

विगतमा, टम क्रुज, फास्ट एन्ड फ्युरियस आदि र अन्य विभिन्न ब्लकबस्टर चलचित्रहरू प्रस्तुत गर्ने टप गन माभेरिक जस्ता चलचित्रहरूमा शटोभर प्रयोग गरिएको छ । फिल्मको भिजुअल इफेक्ट्स सुपरवाइजर दुर्गा प्रसाद केठा हुन् जसले तेलेगु, तमिल, मलयाम, कन्नड र हिन्दी फिचर फिल्महरूमा २० वर्ष भन्दा बढी सुपरवाइजर र कलाकारको रूपमा काम गरिसकेका छन् ।

हिम पहाड, हिमाली उपत्यका र यसका वरपरका क्षेत्रहरूको यथार्थवादी पृष्ठभूमि प्रदर्शन गर्न नेपालको स्थान चयन गरिएको निर्माण पक्षले जनाएको छ । चलचित्र निर्माणको चरणमा छ र नेपाल चलचित्रको दोस्रो छायांकन तालिका हो । फिल्मको छायाँकनकर्ता हरि के वेदान्तम हुन् भने कथा आमिर खान, सिद्धार्थ राज कुमार र शक्ति प्रताप सिंहको रहेको छ ।

फिल्मका लाईन प्रोड्युसर फुर्वा शेर्पा हुन् । शेर्पा रेकर्ड होल्डर निर्माता र निर्देशक हुन्  । सीएनएन, नेशनल जियोग्राफिक, एबीसी र लन्डनस्थित स्टोरीटेलर्स उत्पादन कम्पनीका लागि धेरै अन्तर्राष्ट्रिय परियोजनाहरूमा काम गरिसकेका उनी अनुभवी निर्माता हुन् । यो चलचित्र लाङटाङ उपत्यका क्षेत्र, सिन्धुपाल्चोक जुगल हिमाल र परिधिमा छायांकन गरिएको हो ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?