साझा कथा विशेष
आईसीसी विश्वकप लिग २ को अन्तिम खेल कीर्तिपुरस्थित क्रिकेट मैदानमा नेपाल र यूएईबीच घमासान लडाई हुँदै थियो । पहिले बलिङ गरेको यूएईले नेपाललाई सोच्दै नसोचेको ३११ को विशाल लक्ष्य दियो । लक्ष्य भेटाउनु र खेल जित्नु नेपालका लागि ठूलो चुनौति बन्यो । दुर्भाग्य ! ब्याटिङमा उत्रिएको नेपालले दोस्रो बलमै आसिफ शेखलाई गुमाउनु प¥यो । त्यति मात्रै होइन ३७ रन पु¥याउँदा व्याटिङका लागि माहिर मानिएका कुशल मल्ल र कप्तान रोहित पौडेलसहित तीनै जना बाहिरिए ।
लक्ष्य ३११ को छ, ३७ रनमै ३ विकेट गुमाए पछि क्रिकेट मैदानमा हौसला दिन पुगेका हजारौं दर्शक निरास भए । तर, आश गुमाएनन् खेलाडीहरुले, मेहनत गरिरहे । जब कुशल भुर्तेल र भीम सार्कीले पारी सम्हाले त्यसपछि पुनः आशा पलायो । भुर्तेल आउट भएपछि आएका गुल्सन झाले त कमालै गरे । उनै गुल्सन झा, जो ४२ औं ओभरसँग प्रत्यक्ष जोडिएको नाम
खेल चल्दै थियो- ४४ औं ओभरमा ६ विकेटको क्षतिमा नेपालले २६९ रन बनायो । नेपालले खेल जित्न अझै ४२ रन बनाउनु पर्ने थियो । त्यसका लागि नेपालको हातमा ३६ बल र ४ विकेट बाँकी थियो । तर, ४८ बलमा ५० रन बनाएर खेल खेल्दै गरेका गुल्सन झा यहीँनेर रोकिनु प¥यो । खराब मौसम र प्रकाशका कारण अम्पाएरले खेल रोके र डकवर्थ लुईसका आधारमा निर्णय गरे ।
यस अघि ४१ औं ओभर सकिँदासम्म नेपालको २३५ रन मात्रै थियो । यहिँनेर खेल रोकिएको भए डकवर्थ लुइस प्रणालीका आधारमा नेपाल हाथ्र्यो ।
४२ औं ओभरको पहिलो बलः गुल्सनले कुनै रन लिन सकेनन् । दोस्रो बलमा २ रन ल्याए । तेस्रो बलमा छक्का हाने । बाँकी तीन बलमा लगातार चौका प्रहार गरे । यही ओभरको २० रनले डकवर्थ लुईस प्रणालीमा हुने हिसाबकिताब नेपालको पक्षमा पर्यो र विश्वकप यात्राको बाटो तय गर्यो । तसर्थ, लक्की ओभर ४२ औं ओभर ।