साझा कथा । अघिल्ला बर्षहरुमा माघ फागुनमा हिउँ पर्ने गरेकोमा यसपाली ढिला गरी पानी पर्यो । जसको कारण चैतमा जाडो बढेको छ । चैतको झरीले मुलुकका अन्य स्थानमा जस्तै म्याग्दीका हिमाली स्थानमा पनि चिसो बढायो र हिउँ पर्यो । जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ स्थित पर्यटकीय स्थल खोप्रालेकमा हिमपात भएपछि सुन्दर देखिएको छ ।
हिमपातका कारण हिमाल र वरपरका डाँडाहरु सुन्दर देखिएका छन् । समुद्री सतहदेखि तीन हजार ६ सय साठी मिटरको उचाइमा रहेको आकर्षक पर्यटकीय गन्तव्य खोप्रालेकबाट धौलागिरि, गुर्जा, चुरेन, नीलगिरि, अन्नपूर्ण लगायतका हिमालहरु आँखै अगाडि देख्न सकिन्छ ।
एकहप्ता अघि हिमालको टुप्पोमा मात्र हिउँ देखिने खोप्रालेकमा अहिले दैनिकजसो हिमपात हुनेगरेको छ । हिमपातका कारण हिमालहरु सुन्दर देखिन थालेका छन् । हिमपातका कारण हिमालहरु सुन्दर देखिन थालेपछि पर्यटकहरु खोप्रामा आउन थालेको स्थानीयले बताएका छन् । होटलका कोठा पनि भकाभक बुकिङ भइरहेका छन् ।
तस्बिरः ठाकुरप्रसाद आचार्य