प्रधानमन्त्री प्रचण्डले भने, “सरकार छोड्नेहरुले कुन कारणले छोडे ? अहिलेसम्म भनेका छैनन्”

साझा कथा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकारबाट नेकपा एमाले र राप्रपा बाहिरिनुको कारण आफूले थाहा नपाएको बताएका छन् । सबै पार्टीबीच राष्ट्रिय सहमति गरेर अघि बढौँ भन्दा आफूले केहि गल्ती नगरेको भन्दै प्रचण्डले सरकार छाड्नेहरुले कुन कारणले सरकार छाडेको उनीहरु समेतले नभनेको उल्लेख गरे ।

सरकार छोड्ने र समर्थन फिर्ता लिनेहरुले अहिलेसम्म यो कारणले समर्थन फिर्ता लिएका हौँ भन्न नसक्दा आफूलाई भने खुशी लागेको प्रचण्डको भनाई छ । उनले भने, ‘यति छिटै विश्वासको मत माग्नुपर्ला भन्ने सोचेकै थिइन, सहमतिमा राष्ट्रपति चयन गर्नुपर्छ भन्ने मेरो प्रस्तावछि राप्रपा र एमालेका मन्त्रीहरुले राजीनामा दिनुभयो ।’

सोमबार संसदमा विश्वासको मत माग्दै प्रचण्डले राष्ट्रिय सहमति कायम गर्नका लागि आफूले काँग्रेसलाई राष्ट्रपति दिनुपर्ने ठोस प्रस्ताव गरेको दाबी गरे । गठबन्धन बनाउँदा एमाले र राप्रपाले स्थायित्वको नारा अघि सारे पनि उनीहरू त्यसबाट पछि हटेको प्रधानमन्त्री प्रचण्डले बताए ।

विश्वासको मत माग्दै उनले आफू नेतृत्वको सरकारले २ महिनासम्म गरेका केहि कामको समेत व्याख्या गरेका थिए ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?