टुँडिखेलमा घोडेजात्रा, नेपाली सेनाद्वारा कौशल प्रदर्शन (फोटो कथा)

साझा कथा । मंगलबार घोडे जात्रा पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा विशेष कार्यक्रम आयोजना भएको छ । सो अवसरमा नेपाली सेनाले टुँडिखेलमा आफ्नो कौशल देखाएको छ । अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतका प्रदर्शन गरेको सेनाले कुकुर, घोडाहरुको रोचक कला पनि प्रदर्शन गरेको थियो ।

टुँडिखेलको विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत संवैधानिक अङ्गका प्रमुख र विशिष्ट व्यक्तित्वको उपस्थिति थियो ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?