पार्किङ शुल्कबाटै कमाऊ धन्दामा पाटन अस्पतालः (भिडियो)

Featured Video Play Icon

विशेष कथा ।

पाटन अस्पताल भित्रको ठेक्कापट्टा पनि गज्जबको रहेछ । अलि अगाडि हामीले शौचालयको ठेक्कापट्टा देखायौं – जहाँ विरामीले पनि पैसा नतिरी शौच गर्न पाउँदैनथे ।

आज सवारीसाधन पार्किङमा उस्तै लुटतन्त्र छ । अस्पतालमा पुग्ने विरामी, विरामी कुरुवा, विरामी भेट्न जाने पाहुना कसैलाई छाड्दैन पाटन अस्पतालले । सबैसँग उस्तैगरि पैसा असुल्छ ।

सरकारी अस्पतालमा सेवा लिन जानेसँग शौचालयमा शुल्क लिने, पार्किङमा शुल्क लिने गर्न मिल्छ भन्या – त्यो पनि घन्टाघन्टाको हिसाबकिताबमा । ५ मिनेट ओभर टाइम भयो भने डङ्गै एक घन्टा ठटाइदिने । विचरा सेवाग्राहीहरुः राम्रो अस्पताल, सस्तो अस्पताल भनेर कहाँकहाँबाट पुग्यो – अनेक बहानामा लुटेकै छन् ।

पार्किङ गरेपछि दिइएको चिटमा हेर्नुस् न कतिसम्म गैरजिम्मेवार भएर लेखेका छन् – सवारीको जिम्मा सवारीधनी स्वयम् हुनेछ, हेल्मेटको सुरक्षा आफैले गर्नुहोला अनि आफ्नो सवारीसाधन आफै मिलाउनुहोस् – क्या सजिलो । आफू चाहिँ सिटमा बस्यो खनखनी पैसा गन्यो ।

आज सवारीसाधन पार्किङमा उस्तै लुटतन्त्र छ । अस्पतालमा पुग्ने विरामी, विरामी कुरुवा, विरामी भेट्न जाने पाहुना कसैलाई छाड्दैन पाटन अस्पतालले । सबैसँग उस्तैगरि पैसा असुल्छ ।

शुल्क लिइसकेपछि सवारीसाधन हरायो वा टुटफुट भयो भने त्यसको जिम्मा सवारीधनीले लिने कि शुल्क लिएर सवारीसाधन जिम्मा लिने मान्छेले लिने हो ? अनि भन्छ पार्किङ क्षेत्रभन्दा बाहिर पार्किङ नगर्नुहोला । पार्किङ उसैको खोरमा लगेर गरिदिनु पर्ने, जिम्मा हामी आफैले लिनुपर्ने अनि पैसा चाहिँ उसलाई बुझाउनु पर्ने – त्यो पनि सरकारले दिएको सेवा लिनको लागि ।
ओहो ! बलमिच्याँई र लुटतन्त्र पनि कति मौलाएको हो ? यो सब टन्ट सरकारले नै गर्दैछन् कि आसेपासेहरुको कमाल हो ? लौन, यो सानो कुरा सुनेर अस्पतालले गरिब जनताको भलो गरिदिन पर्यो ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?