‘माछा गाउँ’ जहाँ व्यक्तिगत लाभ हेरिदैन (फोटो कथा)

साझा कथा । बाराको कोल्हवी नगरपालिका – ५, बलुवा गाउँ । यस ठाउँको प्रमुख विशेषता हो सामूहिकता । धनी र गरिबबीच देखिने भिन्नता नपाइने यो स्थानमा सामूहिक रुपमा कृषिका काम गर्ने, बाख्रा पालन गर्ने, माछा खेती गर्ने काम हुन्छ । अघोषित कम्युन प्रणालीजस्तो देखिने बसोबासमा उनीहरु रमाइरहेका छन् । निजीपन भन्दा पनि सामूहिक हितका लागि काम गर्ने उनीहरुले कृषि उपजबाट हुने लाभ पनि सामूहिक रुपमा बाँडफाँड गर्छन् ।

यस गाउँमा लोप हुन लागेका गोरु गाडा, परम्परागत घरहरु देख्न पाइन्छ । मुख्य रुपमा थारु समुदायको बसोबास रहेको यस स्थानमा अन्य  जातिका मानिसहरु कमै छन् । माछा उत्पादनको लागि पकेट क्षेत्र मानिएको यो स्थानलाई ‘माछा गाउँ’ पनि भनिन्छ ।

तस्बिरहरुः नारदमणि बास्तोला 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?