नयाँ आईजीपी कुँवरले सम्हाले कार्यभार, आन्तरिक शुद्धीकरण प्राथमिकतामा

साझा कथा । नवनियुक्त प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले कार्यभार सम्हालेका छन् । शुक्रबार आईजीपीमा नियुक्त भएका कुँवरलाई आज आइतबार दर्ज्यानी चिह्न प्रदान गरिएको छ । गृह मन्त्रालयमा आयोजित कार्यक्रममा उनलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।

कुँवर नेपाल प्रहरीको ३० औँ प्रहरी महानिरीक्षक हुन् । ३० वर्षे सेवा अवधिका कारण शुक्रबारबाट प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले अवकाश पाएका थिए ।

दज्र्यानी चिन्ह लिएपछि नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरले प्रहरीको आन्तरिक शुद्धीकरण आफ्नो प्राथमिकता हुने बताएका छन् । कुँवरले प्रहरीको मनोबल र छवि बढाउँदै सरकारको सुशासन र समृद्धिको यात्रामा सहयोगीको भूमिका खेल्ने बताए । उनले भनेका छन्, ‘प्रहरीको आचरण र व्यवहारमा पनि शुद्धीकरण गरेर संगठनको छवि उचाल्ने काम मेरो कार्यकालमा हुनेछ ।’

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?