टोकियो विश्वविद्यालयमा तनहुँका दिपेन्द्रको उत्कृष्ट पीएचडी थेसिस

साझा कथा । अन्तर्राष्ट्रिय श्रम बजारमा नेपालीहरुको उच्च प्रशंसा हुने गरेको छ । श्रम भिसामा मलेसिया, कतार र कोरिया पुग्ने नेपालीहरुलाई त्यहाँको सरकारले समेत प्रशंसा गर्ने गरेको हामीले सुनेकै छौँ ।

श्रम बजार मात्रै होइन, उच्च शिक्षाका लागि विदेशी विश्वविद्यालय पुग्ने नेपाली विद्यार्थीहरुले पनि उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् ।

यसै सन्दर्भमा जापानको टोकियो कृषि विश्वविद्यालयमा पनि एक नेपाली विद्यार्थीले उत्कृष्ट नतिजा ल्याएका छन् । तनहुँको भानु नगरपालिका–८ का दीपेन्द्र ढकालले जापानको टोकियो कृषि विश्वविद्यालयबाट विद्यावारिधि उपाधि पाए जहाँ ढकालको शोधपत्र (थेसिस)ले उत्कृष्ट अवार्ड प्राप्त गर्यो ।

दिपेन्द्रले ‘नेपालको ग्रामिण समुदायमा विपद्ले पार्ने सामाजिक तथा आर्थिक प्रभाव र समुदायमा आधारित विपद् व्यवस्थापन’ शीर्षकमा विद्यावारिधि गरेका हुन् । विश्वविद्यालयको कृषि अर्थशास्त्र विभागले उनको शोधपत्रलाई उत्कृष्ट ठहर गर्दै यसै महिना पीएचडी उपाधी प्रदान गरेको छ ।

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?