यस्तो छ ई-सेवा विजेताले पाउने घर

साझा कथा । आकर्षक र चिटिक्क छ तस्बिरमा देखिएको घर । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ४ इमाडोल, बोजेपोखरीमा अवस्थित छ यो घर । ३ आना क्षेत्रफलमा बनेको साढे दुई तल्लाको घर बेच्नका लागि राखिएको भने होइन । यो हो ई-सेवा कम्पनीले बम्पर उपहार स्वरुप प्रदान गर्ने घर ।

६ महिनाअघि ई-सेवा मनी ट्रान्सफरले ‘मेरो डिजिटल देश’ अभियान सुरु गरेको थियो । यस अभियानमा ई-सेवा मार्फत रेमिटेन्स पठाउने एक जना सेवाग्राहीले यहि घर जित्न सक्नेछन् । कम्पनीले २०८० साल ६ जेठसम्म यो अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । हुन त यो अभियान चैत्र ६ गतेसम्मका लागि थियो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले विदेशमा रहेका नेपालीहरूको उत्साहजनक सहभागिता एवं सेवाग्राहीहरुलाई बम्पर उपहार जित्ने अझ धेरै मौका प्रदान गर्नका लागि यो योजना दुई महिना थप गरिएको जानकारी दिए ।

यस अवधिमा ई-सेवा मनी ट्रान्स्फरमार्फत रकम पठाउँदा बम्पर योजनामा सेवाग्राहीहरू स्वतः सहभागी हुन पाउने कम्पनीले जनाएको छ । बम्पर उपहारको छनोट प्रक्रिया १२ जेठ २०८० सम्म सञ्चालन हुने कम्पनीको भनाइ छ।

ई-सेवा मनि ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट ई-सेवा वालेटका ६८ लाखभन्दा बढी प्रयोगकर्ताहरू र कुनै पनि बैंक तथा वित्तीय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ । ई-सेवा मनि ट्रान्सफरले सेवाग्राहीहरूलाई आफ्ना १२ हजारभन्दा बढी भुक्तानी केन्द्र तथा एक लाखभन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण (रेमिटेन्स) भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?