साझा कथा । यौन जीवन सन्तुष्ट नहुँदा धेरै व्यक्तिहरु तनावमा हुन्छन् । सेक्स पार्टनरसँगको सन्तुष्टि नहुँदा धेरैको जीवन धरासायी भइरहेको हुन्छ । त्यसैले जीवनका विभिन्न आयाममध्ये यौन जीवनलाई पनि उत्तिकै महत्व दिनुपर्ने हुन्छ । यौन सुख बढाउन व्यक्तिहरुले धेरै उपायहरु खोजिरहेका हुन्छन् । दैनिक जीवनमा केहि सामान्य सुधार गर्दा मात्रै यौन जीवन आनन्ददायी हुन्छ । जस्तो तपाई क्षमता बढाउन चाहनुहुन्छ भने राती भान्साको काम श्रीमान्–श्रीमती मिलेर गर्नुस् । यसो गर्दा आत्मीयता बढ्छ । रातको समयमा निकट रहेर काम गर्दा रतिरागात्मक भाव पनि उत्पन्न हुन्छ ।
यति मात्रै होइन, दैनिक हुने क्रियाकलापको सूचीमा सेक्सलाई पनि थप्नुहोस् । यसरी सूचिमा राख्दा दिउँसोदेखि नै तपाईंको मुड सेक्सका निम्ति तयार हुँदै जान्छ । हामीले गर्ने दैनिक खानपानमा पनि सामान्य सुधार गर्दा यौन जीवन आनन्ददायी हुन्छ । एभोकाडो, बदाम, स्ट्रबेरी, कुरिलो, खर्बुजा, कालो चकलेटलगायत यौनवद्र्धक खानेकुरामध्ये कुनै एक अथवा एकभन्दा बढीलाई दिनहुँ खानुहोस् । यी खानेकुराले तपाईंलाई स्वस्थ यौन जीवन प्रदान गर्छन् ।
यी कुराका अलावा यौन सम्पर्कको समय पनि तपाईले हेरफेर गर्नुभयो भने यौनसुख प्राप्त हुन्छ । एउटा सर्वेक्षण अनुसार यौन जीवनलाई बढी सन्तुष्टिमय बनाउन विहानीपख गरिने सेक्सले मद्दत गर्छ । महिलाका तुलनामा पुरुषहरू बिहानीपखको सहवास धेरै मन पराउँछन् । प्रायः महिलालाई बिहान उठ्नासाथ सहवासको चाहना कम नै हुन्छ । यस्तो अवस्थामा पुरुषको प्रेमपूर्ण व्यवहारले महिलालाई मनाउन सक्नुपर्छ । तर विहानीपख दुवै पार्टनरमा थकान र तनाब समेत टाढा हुन्छ र ताजापन महसुस भएर प्रत्येक अंग संवेदनशील भएको हुन्छ । त्यसैले विहानीपखको सेक्सले छुट्टै आनन्द दिने अध्ययनले देखाएको छ ।
अमेरिकी यौन परामर्शदाता जेन ग्रिगरले भनेका छन् ‘बिहान सबैलाई अन्य काम गर्न हतार हुन्छ, यस्तोमा यौनक्रियासमेत छिटछिटो गरिन्छ । यसो गर्नाले शारीरिक गतिविधि बढी तीव्र भएर व्यायामबाट जस्तै फाइदा पाइन्छ ।’
क्यानडाको क्विन्स विश्वविद्यालयका शोधकर्ताहरूले गरेको अध्ययनले बिहानी सेक्सका अरु विभिन्न फाइदा समेत पत्ता लगाएको छ । ती फाइदा निम्नानुसार छन्ः
१. बिहानी सेक्सले माइग्रेन जस्तो टाउको दुख्ने समस्यालाई कम गर्छ ।
२. सेक्सको समयमा एक घण्टामा तीन सय क्यालोरी इनर्जी खर्च हुन्छ, जसका कारण मधुमेह हुने खतरा पनि कम हुन्छ ।
३० बिहानी सेक्सले शरीरमा रक्तसञ्चार सन्तुलित गर्छ र उच्च रक्तचापको खतरा कम गर्छ ।
४. कण्डम नलगाई गरिने सेक्सले मानिसलाई प्रफुल्लित बनाउनुका साथै डिप्रेसनबाट पनि टाढा राख्दछ ।
५. जोर्नी दुख्ने तथा अन्य हाडजन्य रोग पनि बिहानी सेक्सले कम गर्दछ ।
६. बिहानी सेक्सले व्यक्तिमा प्राकृतिक प्रफुल्लता भर्दछ ।
७. सेक्सका क्रममा व्यक्तिमा त्यस्तो हर्मोन निस्कन्छ जसले उसको कपाल समेत चमकदार तथा सिल्की बनाउँछ ।
८. बिहानी सेक्सका क्रममा शरीरमा रोगप्रतिरोधी प्रोटिनको उत्पादन हुन्छ, जसले मानिसको रोगप्रतिरोधी क्षमता बढाउँछ ।