नेपाली काँग्रेस ‘दाइ–भाउजुको अक्षम गिरोह’ नै हो त ? पहिरो जाने संकेत

साझा कथा । नेपाली काँग्रेसभित्र परिवारवाद र कोटरीवाद नयाँ प्रणाली होइन । न त पद र प्रतिष्ठाको लडाईँमा पार्टी नीति र निष्ठालाई दाउमा राख्नु नै नयाँ हो । कृष्णप्रसाद भट्टराईलाई गिरिजाप्रसाद कोइराला र उनका सहयात्रीहरुले वेइज्जतिपूर्ण तरिकाले प्रधानमन्त्रीबाट हटाएका कुरा हुन् या गणेशमान सिंहलाई काँग्रेसमा ठाउँ नदिएका कुरा हुन् ।

चाहे गिरिजाप्रसाद कोइरालाले शेरबहादुर देउवालाई किनारा लगाउँदै नयाँ पार्टी खोल्ने वातावरण निर्माण गर्ने कुरा हुन् या शेरबहादुर देउवाले पार्टीभित्र कब्जा जमाएका कुरा हुन् । यी सबै विषय काँग्रेसमा सामान्य थियो । पार्टीभित्र निरन्तर पेलानमा परेका रामचन्द्र पौडेलले नेतृत्वका व्यवहार र बदमासीलाई काउन्टर गर्न नसक्दा १४ औँ महाधिवेशनसम्म आउँदा उनको गुट नै ध्वस्त हुन पुगेको थियो । भलै सभापतिमा देउवालाई सघाएवापत् उनले राष्ट्रपति पुरस्कार पाएका छन् । पौडेलको राजनैतिक दियो निभ्नै लाग्दा माओवादी अध्यक्ष प्रचण्डको सहयोग तथा पार्टी सभापति देउवाको सद्भावका कारण ठूलो पद प्राप्त गरे । राष्ट्रपतिको पदावधिपछि उनी विश्राममा जाने कुरामा दुईमत छैन ।

पौडेलको राजनैतिक दियो निभ्नै लाग्दा माओवादी अध्यक्ष प्रचण्डको सहयोग तथा पार्टी सभापति देउवाको सद्भावका कारण ठूलो पद प्राप्त गरे । राष्ट्रपतिको पदावधिपछि उनी विश्राममा जाने कुरामा दुईमत छैन ।

पार्टीभित्र पौडेल क्याम्पलाई ध्वस्त बनाएका देउवासामू युवा नेताहरुको काउन्टर चाँहि भारी पर्ने देखिन्छ । विस्तारै नेपाली काँग्रेसभित्र नयाँ शिराबाट अगाडि बढ्ने वातावरण बन्दै गएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवालाई च्यालेन्ज गर्दै पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने संकल्प गरेका छन् । युवा नेताहरुले नेतृत्वलाई धक्का दिने वातावरण बन्दै गर्दा आश गरिएका केहि अनुहारहरु भने पार्टी छोड्ने मनस्थितिमा पुगेका छन् ।

नेपाली काँग्रेसभित्रका वौद्धिक व्यक्ति तथा चर्चित अर्थशास्त्री स्वर्णीम वाग्लेले नेपाली काँग्रेस छाडेको औपचारिक घोषणा गरेका छन् । भलै उनको यो पार्टी परित्यागलाई देउवाले सांसद पद नपाएपछिको कुण्ठाग्रस्त निर्णय मानेका हुन सक्छन् । तर वाग्लेको पार्टी परित्यागले नेपाली काँग्रेसलाई अपुरणीय क्षति अवश्य हुनेछ । काँग्रेसभित्र रामशरण महतपछि देशको आर्थिक योजना बनाउने र नीति निर्माणमा प्रभावकारी उपस्थिति देखाएका वाग्लेको बहिर्गमनले काँग्रेसभित्र कलहको विउ रोपिने पक्का छ ।

किनभने वाग्लेले पार्टी परित्याग गर्ने क्रममा नेपाली काँग्रेसलाई “दाइ–भाउजु–साला–भतिजको अक्षम गिरोह” भनेका छन् । उनको स्पष्ट संकेत हो, नेपाली काँग्रेस देउवा र उनकी पत्नी आरजु राणा तथा उनीहरुको किचेन क्याविनेटका नेताहरुका कारण कहिल्यै सुध्रिदैँन । बरु ध्वस्त हुने बाटोमा जानेछ । वाग्लेको यो चित्रण नयाँ भने होइन । आरजु राणाले निर्वाचनको बेला टिकट बाँड्ने कुरामा प्रभाव जमाउनु, बालुवाटारमा रहँदा देउवामाथि हावी हुनु र लाभका पदहरुमा निकट व्यक्तिहरुलाई मात्रै नियुक्त गर्न सक्षम हुँदा देउवाइतरका नेताहरुको मन कुँडिएकै छ ।

उनको स्पष्ट संकेत हो, नेपाली काँग्रेस देउवा र उनकी पत्नी आरजु राणा तथा उनीहरुको किचेन क्याविनेटका नेताहरुका कारण पार्टी कहिल्यै बन्दैन । बरु ध्वस्त हुने बाटोमा जानेछ ।

स्वर्णीम वाग्लेले काँग्रेस त्यागेसँगै राष्ट्रपति रामचन्द्र पौडेल निर्वाचित भएको क्षेत्र तनहुँ १ मा उपनिर्वाचनको बेला स्वतन्त्र पार्टीबाट उमेदवार हुने चर्चा पनि छ । सांसद पद प्राप्त गर्नकै लागि उनले नेपाली काँग्रेस छोडेका हुन् या साँच्चिकै देउवा र आरजुको नीजि कम्पनी जस्तै बनेको काँग्रेसभित्र टिक्नै नसकेका हुन् समयक्रमले देखाउने छ ।

हुन त वाग्लेले पार्टी परित्याग गर्नुभन्दा ठिक एक दिन अघि प्रभावशाली युवा नेता गुरुराज घिमिरेले समेत नयाँ बर्षसँगै नयाँ राजनीतिक निर्णय गर्ने स्टाटस लेखेर पार्टीबाट अलग हुने संकेत गरेका छन् । काग्रेसको पुनर्जागरण, नयाँ पीढीका लागि काँग्रेसको नयाँ बाटो देखाउने आश गरिएका वाग्ले र घिमिरेहरुको बहिर्गमनले काँग्रेसभित्र पहिरो जाने क्रम सुरु हुने देखिन्छ । युवा नेताहरुले ठूलो संघर्षपछि बनाएको स्थानमा टिक्न नदिने र पार्टीले प्राप्त गर्ने अवसरहरुमा युवालाई मौका नदिने तथा देउवा र आरजुसँग निकट रहेका नेताहरुको हालीमुहाली भइरहने हो भने स्वर्णीम वाग्ले र गुरुराज घिमिरे मात्रै होइन, संस्थापनइतरका नेताहरुले विकल्प नसोँच्लान् भन्न सकिन्न । वाग्ले र घिमिरेको वहिर्गमनसँगै नेपाली काँग्रेसमा पहिरो जाने सम्भावना बढाएको छ । वाग्लेले भनेझैँ के काँग्रेस दाइ–भाउजुको अक्षम गिरोह साबित होला ?

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?