दुई दिनमै बनेको पार्क – गरे के नै हुँदैन र ! (भिडियो)

Featured Video Play Icon

चाह्यो भने र गर्या भने के नै हुँदैन रहेछ र !

ललितपुरको लगनखेल बसपार्कबाट सातदोबाटोतिर जाँदा बीचतिर पुगेपछि बायाँ तर्फ हनुमानथानको मन्दिर छ । मन्दिरको पूर्वपट्टि एउटा पोडियम देखिन्छ, जुन पोडियम दुई दिनमा पार्कको रुपमा परिणात भयो ।
अव्यवस्थित पार्किङका कारण सधैं अस्तव्यस्त रहने यो ठाउँलाई व्यस्थित गर्न ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले दिएको एक निर्देशनले यो ठाउँ यति सुन्दर बनेको हो । खासमा भन्ने हो भने त्यस्तो ठुलो काम यहाँ केही गरिएको पनि छैन रहेछ । १५ ओटा गमला राखिएको छ, गमलामा विभिन्न खालका फूल र विरुवाहरु रोपएका छन् । अनि वरपर बस्न मिल्ने खालका स्टिलका आठ ओटा कुर्सीहरु राखिएका छन् । बीचमा महानगरकै लोगो टाँसिएको एउटा डस्टविन छ । बस, यत्ति हो ।

यत्ति गर्दा आज यो ठाउँ थकाई मार्न र गफिन लायकको बनेको छ । बालबालिकाहरुलाई खेल्ने सुरक्षित ठाउँ बनेको छ । कसैका लागि भेटघाट गर्ने थलो बनेको छ ।

ओहो ! हेर्नुस् त यहाँका स्थानी आफै पार्कको सफाई गर्दैछन् । गमलामा पानी उनीहरु आफै हाल्छन् रे । बोटबिरुवाको रेखदेख पनि उनीहरुले नै गर्छन् रे । रत पार्क बनाएको एक महिना पछि हामी पार्कमा पुग्दा उस्तै सफा र हरियाली देख्न पायौं ।

जाँदाजाँदै एउटा सानो कुरा चाहिँ भन्नै मन लाग्यो – महानगरपालिकाले यत्ति व्यवस्था गरिदिएपछि सवारी चालकहरुले अब यसरी बाटोमै पार्किङ नगरिदिए हुन्न । पार्किङ गर्नका लागि भनेर महानगरलेनै सडकको यो क्षेत्रमा निःशुल्क पार्किङको व्यवस्था गरेकै रहेछ । यहाँ रिक्स भयो वा ठाउँ भएन भने उता सःशुल्क पार्किङको पनि व्यवस्था गरेकै रहेछ । हैन, हामी कति अटेरी, अबुझकी, अविवेकी बनेका हौं भन्या ! फेरि बल्लबल्ल बनेको यो ठाउँलाई भत्काउन वा अस्तव्यस्त बनाउन सुरु गर्ने ?

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?