ठमेलमा सप्ताहव्यापी कला प्रदर्शनी सुरु

साझा कथा । काठमाडौँको ठमेलमा सप्ताहव्यापी कला प्रदर्शनी सुरु भएको छ ।

लायन्स क्लब अफ काठमाडौँ फाइन आर्टको आयोजना तथा होटल आर्ट ठमेलको सहकार्यमा शुक्रबारदेखि सुरु भएको उक्त कला प्रदर्शनीको नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले उद्घाटन गरे । कार्यक्रममा उनले नेपाल कला, संस्कृतिको धनी मुलुक भएकाले यसलाई कलामार्फत विश्वमाझ प्रचारप्रसार गर्नसके नेपालको पर्यटन प्रवद्र्धधनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

लायन्स क्लब अफ् काठमाडौँ फाइन आर्ट्सका अध्यक्ष चिरञ्जीवी भट्टले नेपाली कलाकारले कोरेका कलालाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउन सप्ताहव्यापी कला प्रदर्शनी आयोजना गरिएको जानकारी दिए । उनले यस प्रदर्शनीले कला क्षेत्रका निम्ति थप प्रोत्साहन र उर्जा दिने विश्वास समेत व्यक्त गरे । होटेल आर्ट काठमाडौ प्रालि विभिन्न कलाकृतिहरुसहितको नेपालको पहिलो होटेल हो, जहाँ प्रदर्शनीमा ५० चित्रकला राखिएका छन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?