सन्तानेश्वरमा सन्तानहरु (फोटो कथा)

सन्तानेश्वर मन्दिरमा पुजा आराधना सहितको रुद्राभिषेक गर्नाले निःसन्तान दम्पतीहरुलाई सन्तान प्राप्त हुने धार्मिक विश्वास छ । जुन मन्दिर ललितपुर जिल्ला गोदावरी नगरपालिकास्थित झरुवारासी कैलास पर्वतमा अवस्थित छ । सातदोबाटोबाट केवल ६ किलोमिटर मात्र टाढा रहेको यस मन्दिरमा पुग्नका लागि चापागाउँ, ठैब, बाडेगाउँ र धापाखेलबाट सडक संजाल जोडिएको छ । मन्दिरबाट देखिने आकर्षक दृष्य र सहज सडक पहुँचका कारण पनि आन्तरिक पर्यटनका लागि यस ठाउँ आकर्षणको केन्द्र बन्दैछ । विशेष चाडपर्व तथा शनिवारीय जस्ता सार्वजनिक विदाको दिन यहाँ पुग्ने पर्यटकहरु बढी हुन्छन् । साझा कथामा ‘सन्तानेश्वरमा सन्तानहरु’ शीर्षकमा फोटो कथा ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?