रवि लामिछानेको उम्मेदवारी रद्द गर्न माग गर्दै उजुरी

साझा कथा । चितवन २ को उपनिर्वाचनको लागि रवि लामिछानेले दिएको उम्मेदवारी विरुद्ध उजुरी परेको छ । लामिछानेको उम्मेदवारी बदर गरी अयोग्य घोषणा गर्न माग गर्दै युवराज सफलले उजुरी दिएका हुन् । सफलले सोमबार मात्रै रवि लामिछानेको राहदानीको सम्बन्धमा महान्यायाधिवक्ताले मुद्दा नचलाउने भनी गरेको निर्णय विरुद्ध रिट समेत हालेका थिए ।

सफलले चितवन क्षेत्र नम्बर २ स्थित निर्वाचन अधिकृतको कार्यालयमा रविको उम्मेदवारी विरुद्ध उजुरी दिएका हुन् । नेपालको संविधान २०७२ को धारा २९१ ले विदेशको आवासीय अनुमतिपत्र त्याग गरेको व्यक्तिले कम्तीमा तीन महिना अवधि नपुग्दै निर्वाचनमा उम्मेदवार हुन रोक लगाएको भन्दै उम्मेदवारी रद्द गर्न उजुरीमा माग गरिएको छ ।

रवि लामिछानेले माघ १५ गतेमात्रै जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नागरिकता पुनः प्राप्ति गरेका थिए । त्यसअघि उनले निस्सा बुझाएको नदेखिएकाले उम्मेदवार बन्न अयोग्य रहेको जिकिर उजुरीमा गरिएको छ।

सोमबार लामिछानेले चितवन २ मा वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका थिए ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?