साझा कथा । प्रदेश १ को नाम कोशी नामाकरण गरिएको विरोधमा आयोजित आन्दोलनको क्रममा निधन भएका पदमबहादुर लिम्बूलाई शहीद घोषणा गरिएको छ ।
शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले लिम्बुलाई शहीद घोषणा गर्ने निर्णय गरेको पर्यटनमन्त्री सुदन किराँतीले जानकारी दिए । साथै मृतक लिम्बूका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय पनि पनिमन्त्रीपरिषद्ले गरेको छ ।
सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले कोशी प्रदेशको नामाकरण सम्बन्धी भइरहेको आन्दोलन र विरोधलाई प्रदेशसँग वार्ता गरी अघि बढ्न केन्द्र सरकारको सहजीकरण गर्ने निर्णय भएको जानकारी दिइन् ।
तपाईलाई केहि भन्नु छ ?