साझा कथा । चितवनको भरतपुर महानगरपालिका वडा नं २७ मा पर्ने मेघौली आफैँमा सुन्दर ठाउँ हो । पश्चिममा बगिरहने नारायणी नदी, थारु समुदाय लगायत जातजातिको मिश्रणभित्र पाइने बहुसांस्कृतिक रहनसहन, रितिरिवाज, कृषियोग्य उर्बर भूमिले मन लोभ्याउँछ । विशेषगरी गोधुलीपख यहाँ पुग्ने जो कोहि मन्त्रमुग्ध हुन्छन् । त्यसक्षेत्रमा पाइने चराचुरुङ्गी, जनावरहरुले झनै मन लोभ्याउँछन् । मनमोहक मेघौलीमा पर्यटकको आवागमन बढिरहेको छ ।
मेघौलीमा सञ्चालित होमस्टेका कारण पनि अहिले दिनहुँ स्वदेशी र विदेशी पर्यटकहरु त्यहाँ पुग्ने गरेका छन् । थारु समुदायले गाउँ र समुदायको लागि केहि गर्न सकिन्छ भन्ने अपेक्षाका साथ सुरू गरेको सामुदायिक थारु होमस्टेले छोटो समयमा नै लोकप्रियता हासिल गरेको छ ।
थारु समुदायकै घरमा बन्ने स्थानीय उत्पादन खाने र स्थानीय कला–संस्कृतिको जानकारी लिने अवसर पाइने हुँदा पर्यटकहरुको आकर्षण मेघौलीमा सञ्चालित होमस्टेतर्फ तानिएको छ ।
तस्बिरहरुः प्रकाश गोपाली