साझा कथा । केन्द्रमा समीकरण बदलिएसँगै प्रदेश सरकारमा पनि फेरबदल आउन थालेको छ । कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । मुख्यमन्त्री राजकुमार शर्मालाई राजीनामा बुझाएर पार्टी सरकारबाट बाहिरिएको हो । यो सँगै केहि दिन अघि शर्मालाई विश्वासको मत दिएको नेपाली काँग्रेसमा सरकारमा जान बाटो खुल्ला भएको छ ।
कर्णालीमा एमालेबाट तीन मन्त्री बनेका थिए । कर्णाली सरकारमा सामाजिक विकासमन्त्री टेकराज पछाईँ, उद्योग वातावरण तथा पर्यटनमन्त्रीमा जीतबहादुर मल्ल र आर्थिक मामिला मन्त्रीमा विनोदकुमार शाह छन् ।
एमाले–माओवादीबीच आलोपालोमा मुख्यमन्त्री चलाउने गरी सुरूमा राजकुमार शर्मा मुख्यमन्त्री बनेका थिए ।
तपाईलाई केहि भन्नु छ ?