कर्णाली प्रदेशमा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता

साझा कथा । चुनावी गठबन्धन ब्यूँतिएसँगै नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन पनि फिर्ता गरेको छ ।

कर्णाली प्रदेश सभा संसदीय दलको बैठकले आजैदेखि लागू हुने गरी समर्थन फिर्ता लिने निर्णय गरेको बताएको छ । यसअघि आइतबार एमालेबाट सरकारमा सहभागी तीन जना मन्त्रीले राजीनामा दिएका थिए ।

गत पुस १० को समीकरणअनुसार २७ पुसमा नेकपा माओवादी केन्द्रका राजकुमार शर्मालाई मुख्यमन्त्रीमा समर्थन गरेको एमालेले ६ माघमा पहिलोपटक विश्वासको मत दिएको थियो । त्यस्तै चैत्र १७ मा दोस्रोपटक पनि एमालेले मुख्यमन्त्री शर्मालाई विश्वासको मत दिएको थियो । प्रदेशमा एमालेका सभामुखसहित १० सांसद छन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?