डिल्लीबजारस्थित कन्सल्टेन्सीमा छापा मार्दा ४ पक्राउ

साझा कथा । कन्सल्टेन्सीको आवरणमा ‘किर्ते’ काम भइरहेको सुराकको आधारमा डिल्लीबजारस्थित फ्रेन्ज कन्सल्टेन्सीमा प्रहरीले छापा मार्दा ४ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका-१० घर भएका उत्सव सुवेदी, चितवनको राप्ती नगरपलिका-३ घर भएका ३३ वर्षीय निराजन उप्रेती, २८ वर्षका निरज उप्रेती र दाङको तुलसीपुर घर भएका सन्दीप डाँगी रहेका छन् ।

कन्सल्टेन्सीबाट प्रहरीले कम्प्यूटरसहित विभिन्न सरकारी कार्यालयका छाप, नेपाल सरकारको छाप लगाएका कागजातहरु बरामद गरेको छ । बैंकले जारी गर्ने कागजात, मालपोत, भूमि व्यवस्था सहरकारी तथा गरिबी निवारण मन्त्रालयको छाप र त्रिवि शिक्षण अस्पतालको छाप पनि बरामद गरेका बताइएको छ । आरोपीहरुविरुद्ध प्रहरीले किर्ते मुद्दामा अनुसन्धान गर्दैछ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?