संक्रमणकालीन न्यायका विषयमा तीन दल एकमत

साझा कथा । शीर्ष तीन दलले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई सहमतिमा टुङ्ग्याउन पहल सुरु गरेका छन् । शीर्ष दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले संसदमा रहेको सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ लाई सहमतिमा पारित गर्नका लागि आपसी छलफल प्रारम्भ गरेका हुन् ।

सो विधेयकलाई टुङ्गोमा पुर्‍याउने सन्दर्भमा मंगलबार बालुवाटारस्थित सभामुख निवासमा दलका शीर्ष नेताबीच छलफल भएको हो । बैठकमा विधेयकको सम्बन्धमा कसरी अगाडि जाने र कुन प्रक्रियाबाट विधेयकलाई पारित गर्ने भन्ने विषयमा छलफल भएको एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए ।

दलले संसद्को संयुक्त समिति र विषयगत समितिलाई छिटोभन्दा छिटो पूर्णता दिने विषयमा पनि छलफल गरेका उनले बताए । यी दुवै विषयको टुङ्गो लगाउन आगामी वैशाख १ गते दिउँसो १ बजे सिंहदरबारमा पुनः बैठक बोलाइएको प्रमुख सचेतक गिरीले जानकारी दिए ।

उनले भने, ‘‘हाम्रो संयुक्त समिति जुन छन् । त्यो समितिमा कुन–कुन राजनीतिक दलको तर्फबाट कति–कति प्रतिनिधित्व हुने र त्यो समितिलाई छिटोभन्दा छिटो पूर्णता दिने भन्ने विषयमै छलफल थियो । त्यस विषयमा सघन ढङ्गले छलफल भयो । तथापि आज सबै कुरा टुङ्गिएको छैन । यसका निम्ति १ गते दिनको १ बजे सिंहदरबारभित्रै बस्नेगरी आजको बैठक टुङ्गिएको छ । विषयगत समितिका सन्दर्भमा त्यही दिनको बैठकमा छलफल गर्ने र विषयगत समिति पनि टुङ्गो लगाउने गरी नेताको बीचमा कुराकानी भयो । टिआरसीको सम्बन्धमा पनि कसरी जाने रु कन्टेन्टमा के–के गर्नुपर्ने हो ? प्रक्रियाको सन्दर्भमा कुन प्रक्रियाबाट टिआरसीको विधेयकलाई टुङ्गोमा पुर्‍याउने भन्ने विषयमा पनि त्यही दिनमा बसेर छलफल गर्ने गरी आज सहमति भएको छ ।’’

नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेले सबै विषयलाई सहमतिमा टुङ्ग्याउने प्रयास भएको बताइन । “मंगलबार समय अभावका कारण निर्णय हुन नसकेकाले अर्को बैठक बोलाइएको उनको भनाइ छ । सहमतिबाटै टुङ्ग्याउने भन्ने किसिमको कुरा भइराखेको छ । तर आज समय अपुगभयो । अर्को दिन बैठक बस्ने भन्दै नेताहरू बैठकबाट निस्किएका छन् ।”

बैठकमा सभामुख देवराज घिमिरेसहित प्रधानमन्त्री पुष्पकमल दाहाल, सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओलीको सहभागी रहेको थियो । यस्तै एमालेका प्रमुख सचेतक पदम गिरी, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, कांग्रेस सांसद ईश्वरी न्यौपानेको पनि सहभागिता रहेको थियो । यसैगरी महान्यायाधिवक्ता दिनमणि पोखरेल र पूर्व महान्यायाधिवक्ता रमेश बडाल पनि बैठकमा सहभागी थियो।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?