Ad Banner

बालेनको आक्रोश – “चाहे सिंहदरबार सार्नुस्, कि राजधानी सार्नुस्”

साझा कथा । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौंको क्षेत्राधिकारभित्र पर्ने सिंहदरबारलाई सार्न चेतावनी दिएका छन् । उनले सिंहदरबारलाई अन्य पालिकामा सार्न समेत भनेका छन् ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले सिंहदरबार सारेपनि, काठमाडौंबाट राजधानी सारेपनि आफूलाई कुनै आपत्ति नहुने बताएका छन् ।

उनले लेखेका छन्, “कि काठमाडौंको हितमा काम गर्नुहोस्, कि सिंहदरबार अरु पालिकामा सार्नुहोस् । हामी काठमाडौं बासीलाई कुनै आपत्ती छैन, चाहे सिंहदरबार सार्नुस् कि राजधानी सार्नुस् ।”

उनले थपेका छन्, “हामीलाई हाम्रो सम्पदा, सँस्कृति, कला, सभ्यता चाहिन्छ, राजनीति होइन ।”

सिंहदरबारले आफूले चाहेका र योजना बनाएका काममा सहयोग नगरेको भन्दै गुनासो गर्दै आइरहेका मेयर शाहले आफ्ना माग पुरा नभएसम्म सिंहदरबार, शितलनिवास लगायतका स्थानबाट फोहोर नउठाउने अड्डी कसेका छन् । बेलाबेला विवादित स्टाटस लेख्दै उनले सरकारसँग टक्कर गरिरहेका छन् ।

यो पढ्नु भयो ?