रुखबाट कागज बन्छ तर कागजबाट रुख उमार्न सकिन्छ ? अवश्य सकिन्छ..

🧠 सारांश:
Error: Gemini API response missing text. Check API key, model name, or quota.

साझा कथा । हामीले थाहा पाइरहेकै कुरा हो, रुखबाट कागज बनाउन सकिन्छ । तर के कागजबाट रुख उमार्न सकिएला ? विश्वका केहि मुलुकले यो अभ्यास गरिसकेका थिए । तर अब नेपालमै त्यो सम्भव भएको छ । हरेक बर्षको आगमनसँगै नयाँ नयाँ क्यालेन्डर बन्छन्, घरमा प्रयोग भइसकेका क्यालेन्डर यत्तिकै थुपारिन्छन् वा फालिन्छन् ।

तर प्रयोग भइसकेका क्यालेन्डरलाई पनि रोप्न मिल्दो रहेछ । नेपालमा ७ वर्षदेखि ‘मस्तकला’ नामक कर्पोरेट तथा पर्सनलाइज्ड गिफ्ट कम्पनी चलाइरहेका २८ वर्षीय निखिल अग्रवाल र २७ वर्षीय अरुण अग्रवालले ‘सिड पेपर क्यालेन्डर’ ल्याएका छन् । जुन रोपेर विरुवा उमार्न सकिन्छ ।

निखिल आर्किटेक्ट हुन् भने अरुण इन्जिनियर । उनीहरूले यही नयाँ वर्ष लक्षित गरेर प्लान्टेबल इको क्यालेन्डर ल्याउन लागेका हुन् । उनीहरूले वातावरणमा सकारात्मक प्रभाव पार्ने उद्देश्यले यो क्यालेन्डर ल्याएको बताएका छन् । कम्पनीका सहसंस्थापक निखिलका अनुसार यो क्यालेन्डर रोप्दा सुन्दर हरियो बोटमा फुलेको हेर्न सकिनेछ ।

जब क्यालेन्डरको आवश्यकता सिद्धिन्छ, यसलाई माटोमा रोप्न सकिन्छ, र बीउ स्वस्थ बिरुवाहरूमा अंकुरिने उनले बताए । यो पेपर क्यालेन्डर पुनः प्रयोग गरिएको कपासको कपडाबाट बनाइएको हो जसमा तुलसी, सयपत्री र टमाटरको बीउहरू समावेश छन् । सानो र ठूलो गरी दुई आकारमा बनाइएको क्यालेन्डर टेबलमा राख्न मिल्ने खालको बनाइएको छ । उनीहरुका अनुसार प्रयोग भइसकेको क्यालेन्डरलाई कोकोपिट र मलको साथ मिश्रित माटोको पातलो तहमुनि राख्नुपर्छ । त्यसपछि हल्का ओसिलो बनाइ घाममा राखेपछि केही समयमा बिरुवा अंकुरिन्छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?