साझा कथा । उपमहानगरपालिका भन्ने वित्तिकै सडक, विजुली, यातायात र अन्य पूर्वाधारले सम्पन्न ठाउँ भन्ने बुझिन्छ । तर दाङ तुलसीपुर उपमहानगरपालिका–१ का विकट बस्तीमा अझै पनि प्रभावकारीरूपमा सडक सञ्जाल पुग्न सकेको छैन ।
विकट क्षेत्रका रूपमा चिनिने वडा नं १ को बयाले, चुरेघाँटी, बाखखोर, रानी टाकुरा, अभिधारा, गहिरा सिउरेलगायतका क्षेत्रमा उपमहानगरपालिकाद्वारा उपलब्ध हुने सेवा सुविधा पाउन नसकेको स्थानीयले बताएका छन् । “हामी उपमहानगरपालिका भन्छौँ, तर राम्रो सडक छैन, धेरै ठाउँ विद्युत् पुगेको छैन”, एक स्थानीयले भने, “तर हामीले उपमहानगरपालिकाको अनुभूति नै गर्न पाएको अवस्था छैन ।”
तुलसीपुर–१ का अध्यक्ष हुमकान्त सापकोटाका अनुसार वडा नं १ मा मात्रै पाँच÷सातवटा त्यस्ता बस्ती छन् जहाँ विद्युत्, खानेपानी, सडक पु¥याउनुपर्ने अपरिहार्य छ ।
ती गाउँमा करिब दुई सय बढी घरपरिवार रहेका छन् । उपमहानगरपालिकाभित्रका यस्ता बस्तीलाई लक्षित गरी विकासको मोडेल तयार पार्ने उपप्रमुख स्यानी चौधरीले दाबी गरेकी छन् । उनले भनिन्, “ती बस्तीमा लक्षित गरी विकास पु¥याउन हामी पहल गर्छौँ ।”
सडक, खानेपानी, शिक्षा, स्वास्थ्यजस्ता कुरालाई बढी प्राथमिकता दिने चौधरीको भनाई छ । ती गाउँमा सडकको ट्रयाक खोलिएको भए पनि गाडी जान सक्दैनन् । मर्मत तथा स्तरोन्नति हुनसकेको अवस्था छैन ।