भावुक स्टाटस लेख्दै रविले भने, “म नेताभन्दा पहिले मानिस हुँ, नुन चुक बोकेर नआउनू”

साझा कथा । आफ्ना चालक घरको छतबाट खसेर गम्भीर घाइते भएपछि चुनावी कार्यक्रम रद्द गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भावुक स्टाटस लेखेका छन् । सभापति लामिछानेले आफ्ना ड्राइभर तीन तलाबाट खसेको घटनामा मानवीयता देखाउन आग्रह गरेका छन् ।

‘म नेताभन्दा पहिले मानिस हुँ, म पनि थाक्छु, गल्छु, मेरा आँखामा पनि आँशु आउँछन्, बिन्ती छ, यस्तो चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुन चुक बोकेर नआउनु होला,’ उनले भनेका छन् ।

रविले घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको र घाइतेको अवस्था बिहानभन्दा केही सुधार भएको बताएका छन् । रवि उपनिर्वाचनका लागि चितवनमा छन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?