राष्ट्रपतिको स्वास्थ्यमा समस्याः शिक्षण अस्पतालबाट डिस्चार्ज गरेर भारत लगिदै

साझा कथा । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि आज भारत लैजाँदै छ ।

राष्ट्रपति पौडेललाई श्रीएयरको एयर एम्बुलेन्समार्फत भारतको राजधानी नयाँ दिल्ली लगिने भएको हो । नयाँ दिल्ली लैजान लागिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति पौडेललाई उपचारका लागि मङ्गलबार साँझ त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको थियो । तर, स्वास्थ्यमा खासै सुधार नभएपछि राष्ट्रपति पौडेललाई थप उपचारका लागि नयाँ दिल्लीस्थित अल इन्डिया इस्टिच्यूट अफ मेडिकल साइन्सेस (एम्स) लैजान लागिएको हो । यसअघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेलको गत चैत १८ गते त्रिवि शिक्षण अस्पतालमा उपचार गरिएको थियो ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?