पढिनन् ‘ज’ आमाले, तर सिंगो ‘जीवन’ पढ्ने उनै त हुन् ! (भिडियो)

साझा कथा । माता अर्थात आमा । जसले हामी सबैलाई जन्म दियो र संसार देखाइदियो । संसारमा सबैभन्दा ठूलो, प्यारो र श्रद्धाको व्यक्ति कोही छ त उनै हुन् आमा । उनै आमाको सम्झनामा आजको दिन मातातीर्थ औंशी ।

प्रत्येक वर्ष बैशाख कृष्णपक्ष औँशीका दिन जन्मदाता आमालाई सम्मान गरी मनाइने यो पर्व देशभर मनाइँदैछ । आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिभावका साथ यो पर्व मनाइन्छ ।

शास्त्रमा पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ । आमाकै सम्मान र सम्झनामा साझा कथाका लागि सुनिल कोइरालाद्वारा सिर्जित रचना प्रस्तुत गरेका छौं ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?